युक्रेनका चार मन्त्री, पाँच क्षेत्रीय गभर्नरसहित उच्च अधिकारीद्वारा राजीनामा
एजेन्सी-युक्रेनका चार जना सहायक मन्त्री र पाँच क्षेत्रीय गभर्नरसहित उच्च अधिकारीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा सरकारका शीर्ष सल्लाहकारसमेत रहेका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भ्रष्टाचारविरोधी अभियान सुरु गरेसँगै सरकारका वरिष्ठ अधिकारीहरूले राजीनामा दिन थालेका हुन् ।
पछिल्लो पटक घुस लिएको आरोपदेखि महँगाे मूल्यमा खाद्यान्न किनिएको विवरण सार्वजनिक भएको थियो । राष्ट्रपति जेलेन्स्कीले कानुन सबैलाई बराबर हुनुपर्ने नागरिकको माग पूरा गर्ने गरी काम गरेको उहाँका एक जना सहयोगीले बताएका बीबीसीले जनाएको छ । राष्ट्रपति जेलेन्स्कीले स्वीकृतिप्राप्त काममाबाहेक सरकारी कर्मचारीलाई देश छाड्न प्रतिबन्ध लगाउनुभएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् २०२१ मा निकालेको एक प्रतिवेदनमा भ्रष्टाचार हुने देशको सूचीमा युक्रेनलाई १८० मध्ये १२२औँ स्थानमा राखेको थियो । पश्चिमा साझेदारहरूबाट अर्बौँ डलर सहायता लिएर त्यसको परिचालन गर्नका लागि समेत युक्रेनले आफूलाई भ्रष्टाचारसँग जुझ्ने मामिलामा बलियो देखाउनुपर्ने चुनौती छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam