माओवादी बैठकमा गृहमन्त्री र राष्ट्रपतिबारे छलफलै भएन
काठमाडौं : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा आगामी राष्ट्रपतिको उम्मेदवार र गृहमन्त्रीबारे कुनै छलफल नै नभएको प्रवक्ता कृष्णबहादुर महराले बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा शनिबार दिउँसो बसेको बैठकमा पार्टी संगठनबारेमा मात्र छलफल भएको प्रवक्ता महराले स्पष्ट पारे। उनका अनुसार आगामी पदाधिकारी बैठकमा मात्र राष्ट्रपतिको उम्मेदवार र गृहमन्त्रीबारे छलफल हुनेछ।
राष्ट्रपतिको चुनाव आगामी फागुन २५ मा हुँदै छ। त्यस्तै, गृहमन्त्रीका लागि रास्वपाले दिएको दुईदिने अल्टिमेटम आजै सकिँदै छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam