श्रीमती हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
झापा : ४५ वर्षीया श्रीमती कल्पना पोखरेल (बस्नेत)को हत्या गरेको अभियोगमा उदयपुर घर भई हाल झापा अर्जुनधारा नगरपालिका-८ नयाँखसी बजार बस्ने ३३ वर्षीय मनोज बस्नेतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कर्यालय अनारमनी र प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। अनुसन्धानको क्रममा बस्नेतले कल्पनालाई ४ दिन अगाडी आफ्नै घरमा हत्या गरी आफ्नै घरदेखि करिब २ सय मिटर टाढा खाली चौरमा खाल्डो खनी गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam