सांसद अरुणकुमार चौधरीको रिटमा उच्च अदालतले दिएन अन्तरिम आदेश
काठमाडौं : उच्च अदालत दिपायलले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। चौधरीले आफूलाई थुनामुक्त गर्न माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए।
सोमबार न्यायाधीश अर्जुनप्रसाद कोइरालाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको सूचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए।
अदालतले जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।
१३ वर्ष अघिको आगजनी मुद्दामा पक्राउ परेका सांसद चौधरी कैलाली कारागारमा छन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam