गैरजिम्मेवार विद्युत हाकिम, नागरिक अन्धकारमा
कपिलवस्तु
बिद्युत प्रविधिकरण कृष्णनगरले चरम लापरबाही गरेको छ । शानिवार बिहान ७ बजे देखि बिधुत अवरुद्ध हुदा नागरिकहरु अन्धकारमा बस्नु परेको छ । क्षेत्र भित्रमा बिहानै देखि अन्धकार हुदा उद्योग व्यावसायी सगै स्थानीय आक्रोशित भएका छन । सर्किट डिभर चार्च र ट्रासफर्मर राख्नुपर्ने भन्दै १० घन्टा अवरुद्ध हुने सुचना जारी गरेको थियो । निर्धारित समय कुरेर बसेका नागरिकहरु समयमा लाइन नआएपछि कारण माग गरेका छन । कार्यालय प्रमुख कमर आलम गैरजिम्मेवार हुँदै मोबाइल समेत सम्पर्क हुन सक्दैन । कार्यालयको टेलिफोन पनि सम्पर्क नहुदा नागारिकहरुले अवरुद्धको बिषयमा जानकारी माग गरेका छन ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


