विवादमा जनयुद्ध दिवस : राप्रपाका मन्त्री मन्त्रिपरिषद् बैठकमा गएनन्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले जनयुद्ध दिवसको अवसरमा सरकारले बिदा दिने निर्णयको विरोध गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले भोलि १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

‘दुर्भाग्यपूर्ण र आपत्तिजनक छ। एउटा दलले गरेको हि‌ंसात्मक युद्धलाई सार्वजनिक बिदा दिने निर्णयप्रति हाम्रो आपत्ति छ’‚ राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठ भने।

राप्रपाका मन्त्रीहरूले आजको मन्त्रिपरिषद् बैठकसमेत बहिषकार गरेका छन्।

‘सरकारले युद्धको अवसरमा बिदा दिने हो भने सबै दललाई बिदा दिऔं। किनकि यहाँ युद्ध नलडी कुनै पनि दल आएका छैनन्। यस हिसाबले ३६५ मध्ये ६५ दिन देश चल्ने भयो’‚ राप्रपाका एक मन्त्रीले थाहाखबरसँग भने।

TOP