मधेश प्रदेशका सबै जिल्ला हात्तीपाइलेको उच्च जोखिममा

जनकपुरधाम : मधेश प्रदेशका आठैवटा जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा छन्।

विश्वमा रहेको हात्तीपाइले रोगीमध्ये धेरै रोगी भारतको विहार, उत्तर प्रदेश, झारखण्ड जस्ता राज्यमा भएकाले मधेश प्रदेश सहित तराई मधेशका जिल्ला उच्च जोखिममा रहेको हात्तीपाइले रोगको औषधि खुवाइने अभियानका स्वास्थ्य अधिकृत एवं संयोजक नागेश्वर यादवले बताए।​

मंगलबार जनकपुरधाममा स्वास्थ्य कार्यालय धनुषाले आयोजना गरेको अन्तसंवादमा जानकारी गराउँदै स्वास्थ्य कार्यालय धनुषाका स्वास्थ्य अधिकृत शिवजी दासले भने हाल विश्वमा ७२ देशमा हात्तीपाइले रोगी रहेको जनकारी गराए।

ती देशमा ५ करोड १४ लाख हात्तीपाइले रोगका संक्रमित रहेको विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनमा उल्लेख रहेकाले यस रोगलाई सन् २०३० सम्म उन्मूलन गर्ने लक्ष्य सहित संक्रमित मुलुकमा सङ्गठनले निःशुल्क औषधि प्रदान गरेर नागरिकलाई खुवाउने क्रम जारी रहेको अधिकृत दासले जानकारी बताए।

नेपालमा पनि हात्तीपाइले रोगीको संख्या ३० हजार रहेको र नेपालमा पाइने रोगीमध्ये धेरै रोगी तराई मधेशका जिल्लामा नै हुने अनुमान गरिएको अधिकृत दासले बताए।​

मधेश प्रदेशका कतिपय जिल्लामा १० पटकसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदा पनि रोगी फेला पर्न रोकिएको छैन। योपटक अभियानको रूपमा फागुन ११ गतेबाट स्वास्थ्यकर्मीको प्रत्यक्ष सहभागिता तथा निगरानीमा हात्तीपाइले रोगविरुद्धको तीन प्रकारको औषधि खुवाउन स्वास्थ्य कार्यालय धनुषाका रामबाबु ठाकुरले बताए।

२ वर्षमुनिका बालबालिका, गर्भवती महिला, सिकिस्त बिरामी तथा २४ घण्टा अघि ज्वरो आएका व्यक्तिले मात्र औषधि खान नमिल्ने अरू सबैले खान मिल्ने स्वास्थ्य कार्यालय धनुषाका स्वास्थ्य अधिकृत शिवजी दासले बताए।

११ गतेबाट धनुषा जिल्लाका १८ वटै पालिकामा एकसाथ तीन प्रकारको औषधि मान्छेको उचाइको आधारमा खुवाउन लागिएको बताए। विश्व स्वास्थ्य सङ्गठनले उचाइका आधारमा औषधि खुवाउन निर्देशन दिएको स्वास्थ्य कार्यालय धनुषाका रामबाबु ठाकुरले जानकारी दिए।​

योपटक खुवाइन थालको आइभरमेक्सन, डाइफाइक्यावामिजाइन र एल्मेडाजोल निकै प्रभावकारी भएको स्वास्थ्य अधिकृत रामबाबु ठाकुरले बताए।

एकैपटक उचाइको आधारमा खुवाइन थालेको औषधिको प्रभाव ९६ प्रतिशत रहेको विश्व स्वास्थ्य सङ्गठनको अनुसन्धानले पुष्टि गरेको अर्का स्वास्थ्य अधिकृत रामबाबु ठाकुरले बताए।

औषधि खाइसकेपछि माइक्रो फलेरियाको प्रभाव शरीरमा नभएकालाई कुनै प्रकारको स्वास्थ्य समस्या आउँदैन भने यसको जीवाणु प्रवेश गरेको व्यक्तिको हकमा सामान्य तथा धेरै भाइरस भएका व्यक्तिलाई औषधि सेवनपछि केही असर पार्ने भएकाले त्यसको उपचारको सम्पूर्ण प्रबन्ध गरिएको छ। यस्तो प्रभावित हुनेको संख्या १ लाखमा १ जनासम्म हुने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

धनुषा जिल्लाको जनक चौकमा फागुन ११ गते औषधि खुवाउने अभियानको थालनी गरिने र औषधि सहितका स्वास्थ्यकर्मी धनुषाका १८ वटै पालिकामा परिचालन गर्ने काम भएको बताए।​

मधेशका ८ वटै जिल्लामा हात्तीपाइले रोगीको संख्या निकै रहेको र यसको विस्तृत सर्वेक्षण चैतबाट शुरु गरिने भएको मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ।

TOP