हाम्रासामु थुप्रै विकल्प छन्, उत्तम छनौट गर्छाैं : माधव नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको उम्मेदवारबारे अहिले थुप्रै विकल्पमा छलफल चलिरहेको बताएका छन्।
सिंहदरबारमा बिहीबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिँदै राष्ट्रपतिको संभावित उम्मेदवारसमेत रहेका नेपालले अहिले कुराकानी चलिरहेको बताए ।
‘अनेक अप्सन छन् हाम्रा सामु, तीमध्ये जुन अप्सनले देशको राजनीतिलाई ठीक दिशामा लान सक्छ। संविधानलाई जोगाउन, राष्ट्रियतालाई बचाउन भूमिका खेल्छ त्यहि अप्सनमा जानुपर्छ। नेपालले थपे, ‘त्यसो हुनाले राष्ट्रपति कसले पाउने, कुन व्यक्ति र कुन पार्टीले पाउने भन्नु भन्दा पनि देशको समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने कुरा नै मुख्य कुरा हो।’
नेपाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको समाचार बाहिरिएसँगै नेपालले सक्रियता बढाएका छन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam