नवलपरासीमा दुर्घटना, एकजनाको मृत्यु
काठमाडौं : नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।
विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी भित्री सडकखण्डमा भएको दुर्घटनामा स्थानीय १३ वर्षीय बबिन क्षेत्रीको मृत्यु भएको हो। गएराति लु ४ त ३०४६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडक छेउमा पल्टिँदा तीन जना घाइते भएका थिए।
उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए।
दुर्घटनामा परी घाइते भएका थप दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam