डा. गोविन्द केसीलाई समेत पार्टीको झोले भन्न भ्याउँछन् मान्छेहरू : डा. तोसिमा कार्की
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले आफूले मेडिकल क्षेत्रमा भएका भ्रष्टाचारविरुद्ध लाग्दा विभिन्न पार्टीमा आबद्ध रहेको भनी सञ्चारमाध्यम र सञ्जालमा अनेक उपमा पाएको बताएकी छिन् ।
डा. गोविन्द केसीलाई समेत पार्टीको झोले भन्न भ्याउँछन् मान्छेहरू भन्दै उनले केसी कुनै पार्टीको नभए पनि विशिष्ट व्यक्ति रहेको बताएकी छिन्।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले केसीसँग हरेक अभियानमा सँगसँगै हिँडेको र स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी कानुन पनि बनाउन सफल भयएको बताएकी छिन्।
कुनै पनि पार्टीगत राजनीति गर्दिनँ भनेको व्यक्ति म, होइन देश जोगाउनु छ भने राजनीति गर्नैपर्ने रहेछ भन्ने महसुस भएर राजनीतिमा लागेको पनि उनले उल्लेख गरेकी छिन्।
उनले आफूले आफ्नै मिहिनेतको कारण डाक्टर बनेको पनि जिकिर गरेकी छिन्। आम जनस्वास्थ्य र स्वास्थ्यकर्मीका जायज मुद्दाविरुद्ध आफैँ नेतृत्व गरी स्वतन्त्र रूपमा काम गरेको उनले बताइन्।
अन्य दलले नसकेको काम स्वतन्त्र भएर गरेको पनि उनले उल्लेख गरेकी छिन्।
‘यो ‘स्वतन्त्र’ भन्ने शब्दले पनि होला राष्ट्रिय स्वतन्त्र पार्टीले मलाई समेट्न सकेको हो, यो पार्टी अहिले सारा नेपालीको आशाको रूपमा उदाइरहेको छ’, उनले लेखेकी छिन्, ‘सफा राजनीतिको रूपरेखा अनि स्वाद जनतामा छर्न खोजिरहेको छ। त्यसैले आम युवा वर्गले शुद्ध र सफा राजनीतिमा चासो राख्नुपर्छ, सहभागी हुनुपर्छ, आफूले चाहेको जस्तो देश हामी आफैँले निर्माण गर्नुपर्छ भन्ने विश्वास राख्छु। हामी गर्न सक्छौँ। एक र एक जोडेर ११ बनाउनेछौँ।’
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam