अति कम विकसित मुलुकको शिखर सम्मेलन : उपप्रधानमन्त्री श्रेष्ठले आज सम्बोधन गर्ने
काठमाडौं : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले शनिबार अति कम विकसित मुलुकको शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ।
समूहको पाँचौँ राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन शुक्रबार कतारको दोहा प्रस्थान गरेका मन्त्री श्रेष्ठले वर्तमान अध्यक्ष राष्ट्र मलावीको संयोजकत्वमा हुने शिखर सम्मेलनमा सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यो सम्मेलनबाट नेपालले समूहको अध्यक्षता ग्रहण गर्नेछ।
सम्मेलनमा भाग लिन मन्त्री श्रेष्ठको नेतृत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सांसद डा. श्री जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिव र अन्य वरिष्ठ अधिकारी दोहा पुगेका छन्।
दोहामा मन्त्री श्रेष्ठले सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नुका साथै विभिन्न देश तथा संघसंस्थाका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। उनले प्रवासी नेपाली संघसंस्थाका प्रतिनिधिसँगपनि अन्तक्रिया गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
दोहा भ्रमणमा पुगेको टोली फागुन २३ गते स्वदेश फर्किनेछ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam