रेष्टुरेन्टको छैटौं तलाबाट खसेर माधव नेपालका भाइको निधन
काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोज कुमार उपाध्याय (नेपाल) को निधन भएको छ।
समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका उनको शंखमुलस्थित एक रेष्टुरेन्टको छैटौं तलाबाट खसेर निधन भएको हो। सिभिल अस्पताल बानेश्वरमा सामान्य उपचारपछि अन्नपूर्ण न्यूरो अस्पताल पुर्याइए पनि अपरान्ह निधन भएको समाजवादीका उपमहासचिव डा.विजय पौडेलले जानकारी दिए।
उनको शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिँदै गरेको पौडेलले बताए। उनी दुर्घटनाबस खसेको वा हामफालेको भन्ने विषय खुलिनसकेको प्रहरीको भनाइ छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam