जनप्रतिनिधिको गुनासो : तालिम लिने‚ काम नगर्ने
चन्द्रौटा : कपिलवस्तुको शिवराज नगरपालिकाका जनप्रतिनिधिले सीपमूलक तालिम आयोजना गरे पनि उपलब्धिमूलक नभएको गुनासो गरेका छन्।
घरेलु तथा साना उद्योग कपिलवस्तुले आयोजना गरेको ‘तीनमहिने ढाका सम्बन्धी सीपमूलक तालिम’ समापन समारोहमा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले सीपलाई व्यवहारमा उतार्न नसके तालिमको कुनै अर्थ नरहेको बताए।
शिवराज नगरका मेयर अजय थापाले वर्षेनि तालिम आयोजना भए पनि उपलब्धि नभएको बताए। ‘सरकारको मात्र मुख नहेरौँ आफू पनि जागरुक हुनुपर्छ, थापाले भने‚ ‘महिलाहरू लक्षित गरेर पालिकाहरूले करोडौँ बजेट विनियोजन गरेका छन्।’
थापाले तालिममा सहभागी भएर प्रमाणपत्र मात्रै बुझ्ने काम भएको जिकिर गरे। सहभागीहरूमा सिकेका कुरा व्यवहारमा उतार्छु भन्ने सोच हुनुपर्ने बताए। कार्यक्रममा उपप्रमुख शिवकुमारी थारूले तालिम लिएकाहरूले सानो भए पनि व्यवसाय शुरु गर्नुपर्ने बताइन्।
कार्यक्रममा वडा नं ३ का अध्यक्ष टेकलाल सापकोटाले जुनसुकै तालिम पनि लिने र प्रमाणपत्र घर थन्काउने चलन रहेको भन्दै चिन्ता व्यक्त गरे। ‘एउटै व्यक्तिले सबै तालिम किन लिनुपर्यो?’‚ सापकोटाले सोधे।
कार्यक्रममा चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डे‚ व्यापार संघ कपिलवस्तुको अध्यक्ष महादेव पोख्रेल, महिला अधिकारकर्मी मीना परियार, ज्योति पुन मगर लगायत सहभागी थिए। तीन महिनासम्म चलेको तालिममा १५ जना सहभागी थिए।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam