संविधान बचाउन उम्मेदवारी दिएकी हुँ : ममता झा
काठमाडौं : जनमत पार्टीका तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार ममता झाले संविधान बचाउन आफूले उम्मेदवारी दिएको बताइन्। उनले राज्यका निकायमा सबै जातजातिको प्रतिनिधित्व हुनुपर्ने संविधानको मर्म रहेको उल्लेख गर्दै आफू मधेशकी महिला हुनुले पनि उम्मेदवारी दिएको बताइन्।
‘सबै जातजातिको राम्ररी प्रतिनिधित्व हुनुपर्ने संविधानको मर्म छ। सबैको प्रतिनिधित्व भएपछि मात्रै विकास हुनसक्छ। मधेशबाट आएकी एक महिला छन्, संविधानको मर्म जोगाउन र संविधान बचाउन यो उम्मेदवारी दिएकी हुँ’‚ उनले भनिन्।
उनले आफूलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन पार्टीले गरेको निर्णयबाट आफू एक इन्च पनि तलमाथि नहुने स्पष्ट पारिन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam