उपनिर्वाचनमा कांग्रेसबाट महामन्त्रीद्वय थापा र शर्मा चुनावी कमाण्डर
काठमाडौं : नेपाली कांग्रेसले दुईजना महामन्त्रीलाई उपनिर्वाचनमा खटाएको छ। आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले वैशाख १० गते हुने उपनिर्वाचनका लागि दुईवटा क्षेत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई खटाउने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। कांग्रेसले प्रतिनिधिसभाका ३ वटा क्षेत्रमध्ये तनहुँ–१ र चितवन २ मा उम्मेदवार खडा गरेको छ।
कांग्रेसले तनहुँ–१मा गोविन्द भट्टराई र चितवन–२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। कांग्रेसले तनहुँ–१ मा महामन्त्री थापालाई र चितवन २ मा अर्का महामन्त्री शर्मा चुनावी कमाण्डर बनाएर खटाएको छ।
तनहुँ–१ मा कांग्रेसबाट भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट डा. स्वर्णिम वाग्ले उम्मेदवार रहेका छन्। चितवन–२ मा कांग्रेसका श्रेष्ठ, रास्वपाका सभापति रवि लामिछाने र एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार रहेका छन्।
यस्तै, बारा–२ मा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेका छन्। नेपाली कांग्रेसले यादवलाई सघाउने औपचारिक निर्णय गरिसकेको छ। रास्वपाबाट रमेश खरेल र जनमत पार्टीबाट शिवचन्द्र कुशवाह उम्मेदवार रहेका छन्। यस क्षेत्रमा एमालेले उम्मेदवार टुंगो लगाएको छैन।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam