बारा २ मा एमालेबाट पुरुषोत्तम पौडेल उम्मेदवार
बारा : बारा– २ को उपनिर्वाचनका लागि नेकपा एमालेले आफ्नो उम्मेदवार टुंग्याएको छ।
पार्टी सचिवालय बैठकले पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको नाम उम्मेदवारका रूपमा टुंग्याएको मधेश प्रदेशका सांसद तथा एमाले प्रदेश सह–इन्चार्ज अच्युत मैनालीले बताए।
पौडेल ०५१ सालमा संसद् र दोस्रो संविधानसभाका सदस्य भएका थिए। २०७० सालमा उनी युवा तथा खेलकुदमन्त्री बनेका थिए।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam