कोरोना संक्रमणबाट आज एकजनाको मृत्यु

१३ बैशाख, काठमाडौँ : नेपालमा कोरोना संक्रमणबाट आज थप एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एकजना संक्रमितको मृत्यु भएको हो।

आज थप ८२ जना संक्रमित थपिएका पनि मन्त्रालयले जनाएको छ। १ हजार ६३४ परीक्षणका क्रममा ८२ जना संक्रमित थपिएका हुन्। योसँगै हाल देशभर कोरोनाका ३६१ जना संक्रिय संक्रमित रहेका छन्।

आज ६५ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। अहिले पनि कोरोना संक्रमित एकजनाको भेन्टिलेटर र ५ जनाको आईसीयुमा उपचार भइरहेको छ।

TOP