फिफा यू-२० विश्वकपको उपाधि उरुग्वेले जित्यो
२९ जेठ, काठमाडौं : फिफा यू-२० विश्वकपको उपाधि उरुग्वेले जितेको छ।
अर्जेन्टिनामा गएराति सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। उरुग्वेको जितमा खेलको ८६ औँ मिनेटमा लुसिआनो रोड्रीगेजले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो।
उरुग्वेले पहिलो पटक यू-२० विश्वकप जितेको हो। त्यस्तै पहिलो पटक यू-२० विश्वकपको फाइनलमा पुगेको इटाली भने उप-विजेतामा सीमित भयो।
यू-२० विश्वकपको उपाधि धेरै पटक जित्ने देश भने अर्जेन्टिना हो। अर्जेन्टिनाले अहिलेसम्म ६ पटक यो उपाधि जितेको छ भने ब्राजिलले ५ पटक जितेको छ। त्यस्तै पोर्चुगल र सर्बियाले २-२ पटक यो उपाधि जितेका छन्।
त्यस्तै तेस्रो स्थानका लागि भएको खेलमा भने इजरायलले दक्षिण कोरियालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam