माछा मार्ने क्रममा खोलामा डुबेर दुईजनाको मृत्यु
८ असार, काठमाडौं : जाजरकोटको छेडागाड नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ ।
शिवालय गाउँपालिका–९ का ४७ वर्षीय धनबहादुर बुढा र छेडागाड नगरपालिका १ का ४२ नरबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयकी वरिष्ठ हवल्दार पार्वती शाहले जानकारी दिइन्।
नगरपालिकाको १ र ११ को सिमानामा पर्ने छेडा खोलामा बिहीबार अपराह्न ४ः३० बजे माछा मार्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो।
घटनाबारे अनुसन्धान भइरहेको शाहले जानकारी दिइन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam