पोखरीमा डुबेर दुई बालकको मृत्यु
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) : गैँडाकोट नगरपालिकामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ।
गैँडाकोट–३ स्थित तात्रीबासको सिँचाइ पोखरीमा डुबेर शुक्रबार दुई बालकको मृत्यु भएको वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए।
पोखरीमा डुबेका करिब १३÷१४ वर्षका दुई बालकको सनाखत हुनसकेको छैन । गर्मी छल्नका लागि पौडी खेल्न जाँदा उनीहरू डुबेका हुन्।
घटनाबारे प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam