गुजरातमा बाढीका कारण १२ जनाको मृत्यु ।।


भारतको पश्चिमी राज्य गुजरातमा केही दिनदेखि परिरहेको वर्षा पछि आएको बाढी कारण १२ जना व्यक्तिको मृत्यु भएको छ । प्राकृतिक विपत्तिबाट धेरैको जीवनमा प्रतिकूल असर परेको स्थानीय सञ्चारमाध्यमले आज उल्लेख गरेका छन् । मृत्यु हुनेमा जामनगर जिल्लाका मात्रै ६ जना रहेका छन् । अन्य व्यक्तिहरू भने अमरेली, बोटाड र आनन्दका स्थानीय रहेको बताइएको छ । जामनगरका तल्लो क्षेत्र डुबानमा परेकाले हजारौ मानिसहरू घरभित्रै थुनिएका छन् । जामनगर जिल्लाको भिसावदार क्षेत्रमा शुक्रबारदेखी ३४९ मिलिमिटर वर्षा भएको छ ।

TOP