सुनसरीको पकलीमा ४ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको ज्यान गयो
काठमाण्डाै – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको पकलीमा चार जना चढेको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
गएराति ११ बजे भएको दुर्घटनामा मोटरसाइकलमा रहेका चार जनामध्ये तीन जनाको घटनास्थलमै ज्यान गएको हो । ज्यान गुमाउनेमा इटहरी १६ बस्ने करण चौधरी, शम्भु चौधरी र अनिनेश चौधरी रहेको प्रहरीले जनाएको छ । घाइते प्रेमलाल चौधरीको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।
कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार भारतीय नम्बर रहेको जीपसँग को २९ प ३७१२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


