नगर प्रहरीलाई नटेरेपछि अतिक्रमण हटाउन नगरको ७ दिने अल्टिमेटम
शिवराज अनलाइन
१२ साउन, कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले बजार क्षेत्रमा भएको अतिक्रमण हटाउन निर्देशन दिएको छ । नगरपालिकाले बजार क्षेत्रलाई सुव्यवस्थित बनाउन ७ दिनभित्र अतिक्रमण हटाउन अल्टिमेटम दिएको छ ।
कृष्णनगर बजार र बहादुरगञ्ज बजार क्षेत्रका सडकबाटो, नाली, माथि व्यापार व्यवसायहरुले सडक तथा फुटपाथ अतिक्रमण गरि व्यवसाय गर्दै आएको र पटक–पटक नगरपालिकाबाट खटिएका नगर प्रहरीले अतिक्रमण हटाउने प्रयास गर्दा समेत आनाकानी गरेकोले ७ दिनभित्र अतिक्रमण हटाउन अल्टिेमेटम दिएको नगर प्रमुख रजत प्रताप शाहले बताए ।
नगरपालिकाले शुक्रबार एक सुचना जारी गर्दै ७ दिनभित्र अतिक्रमण हटाउन सम्बन्धित नगरबासी र अतिक्रमण गरि बसेका व्यापारी, व्यवसायीलाई आग्रह गरेको नगर प्रमुख शाहले बताए । उनले तोकिएको समयभित्र अतिक्रमण नहटाएमा नियमानुसार नगरपालिकाले कारवाहीसमेत गरिने बताए ।
यस्तै नगरले सवारी साधनलाई तोकिएको क्षेत्रमा पार्किङ गर्ने, मासु पसलहरुले मासु जाली भित्र राख्ने वा फ्रिजमा व्यवस्थित गर्ने, व्यवसाय र पसलहरु दर्ता गर्ने, पसलका फोहर अनिवार्य डस्विनमा राख्ने, सम्पत्ति घर, मालपोत, वहाल कर लगायत करहरु समयमै तिर्ने र घर नक्शा पास गराएर मात्र घर निर्माण गर्न आग्रह गरेको छ ।
साथै नगरलाई सुन्दर, सुव्यवस्थित र मार्यादित बनाउन सबै कर्तव्य भएको भन्दै नगरले सरोकारवालालाई नगरको निर्णय बमोजिम कार्यान्वयन गर्न अपिल गरेको छ ।

हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam