कर्णालीका २६ हजार बालबालिकाको जन्मदर्ता हुन बाँकी
३० भदौ, सुर्खेत : कर्णालीमा करिब २६ हजार बालबालिकाले जन्मदर्ता नभएको पाइएको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा जम्मा दुई लाख चार हजार ६३८ जना बालबालिका पाँच वर्षमुनिका छन्। जनगणनाको तथ्यांकअनुसार २५ हजार ९९० बालबालिकाको जन्मदर्ता नभएको हो।
जन्म दर्ता गराएका ८७.३ प्रतिशत बालबालिकामध्ये बालकभन्दा ०.७ प्रतिशत बालिका धेरै रहेको तथ्यांकमा उल्लेख छ। कर्णालीमा सबै बालबालिकाको जन्मदर्ता नहुनुको कारण सचेतनाको अभाव भएको सरोकारवाला बताउँछन्।
बाल अधिकारकर्मी नवराज बिसीले आफ्ना छोराछोरीको समयमै जन्मदर्ता गराउनुपर्छ भन्ने ज्ञान नभएको बताए। उनले बुबा पत्ता नलागेका बालबालिको पनि जन्म दर्ता गर्न सकिने भए पनि त्यस्ता बालबालिकाको जन्मदर्ता नगर्ने गरिएको बताए।
सरकारी तवरबाट कोही पनि बालबालिका जन्मदर्ता गर्नबाट वञ्चित नहुन् भनेर नीति नियम आएको भए पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन नसकेको भन्दै उनले यो कार्यान्वयनमा स्थानीय सरकारको भूमिका धेरै हुने बताए।
यता, कर्णाली प्रदेश सरकारले जन्मदर्ता गर्न पाउनु बालबालिकाको अधिकार भएको भन्दै अहिले पनि जन्म दर्ताको बारेमा सबै नागरिक जानकार हुन नसकेको बताएको छ। सामाजिक विकास मन्त्रालयले जन्मदर्ताबाट छुटेका बालबालिकाको कारण पत्ता लगाई त्यहीअनुसारको सचेतनाका कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ।
मन्त्रालयका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख अनिता ज्ञवालीले सबै बालबालिकाको जन्मदर्ता गराउनुपर्छ भनेर विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गरेको बताइन्। उहाँले जन्म दर्तासम्बन्धी कानुनी जानकारी पनि दिने गरिएको बताइन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam