जसपाको प्रदेशस्तरीय भेला आज दाङमा


२० असोज, काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेशस्तरीय भेला शनिबार दाङमा बस्दैछ।

तीन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत दाङको लमहीमा भेला डाकिएको हो।भेलाले प्रदेशको सांगठनिक योजना तर्जुमा गर्नुका साथै लुम्बिनी प्रदेश समिति समेत पुनर्गठन गर्ने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय समिति सदस्य, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परिक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार समिति, संघीय परिषदका सदस्यलाई प्रदेशस्तरीय भेलामा बोलाएको उनले जानकारी दिए

भेलामा प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति, जिल्ला तथा पालिका, जनवर्गीय संगठनका अगुवा कार्यकर्ताको समेत उपस्थिति रहने बताइएको छ ।

TOP