अफगानिस्तानमा प्रहरीद्वारा हातहतियार बरामद
२५ असोज, एजेन्सी
पूर्वी अफ्गानिस्तानको वर्दक प्रान्तमा प्रहरीले हातहतियार र गोलाबारुद बरामद गरेको प्रान्तीय प्रहरी प्रवक्ता युसुफ इसरारले बिहीबार बताएका छन् ।
बरामद गरिएका हतियारमा आठ थान कलाश्निकोभास, एक थान पेस्तोल, हजारौँ गोली तथा अन्य सैन्य उपकरण रहेको प्रहरीले जनाएको छ। हालै बिहसुद र जलरेज जिल्लामा मोर्टार फेला परेको विज्ञप्तिमा उल्लेख छ।
गत साता स्थानीय प्रहरीले उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा आरपीजी–७ सहितका हातहतियार र गोलाबारुद फेला पारेको थियो।
सरकारले युद्धग्रस्त अफगानिस्तानमा कानुन तथा सुरक्षा व्यवस्था सुनिश्चित गर्ने प्रयासस्वरूप सुरक्षा निकायभन्दा बाहिरका जो कोहीबाट हातहतियार तथा गोलाबारुद फिर्ता गर्ने प्रयास थालेको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam