खसी–बोकाको परीक्षण गर्न पशु चिकित्सकसहितको टोली खटिँदै
२८ असोज, काठमाडौँ : पशु सेवा विभागले काठमाडौँ उपत्यकाका ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गर्ने भएको छ। चाडपर्वका अवसरमा उपभोक्तामा स्वस्थ्यकर एवं गुणस्तरीय मासु बिक्री वितरण गराउन पशुपक्षीको स्वस्थ भए नभएको जाँच गर्न टोली परिचालन गरिने भएको हो।
टोलीले पशुपक्षीबाट नमूना सङ्कलन, रोग निदान र उपचारसमेत गर्नेछ। विभागका महानिर्देशक डा उमेश दाहालले आज (आइतबार) विज्ञप्ति जारी गरी कलङ्की खसी बजार, बल्खु‚ कालिमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार, खाद्य संस्थान, लोकन्थली खसी बजार, सल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशे धारा, थानकोट, दहचोक, मूलपानीमा टोली परिचालित हुने जानकारी दिए।
नमूना सङ्कलनपछि स्वस्थ्य देखिएमा हरियो रङ र रोगी देखिए रातो सङ्केत गर्ने व्यवस्था मिलाइएको छ। गत वर्ष घटस्थापनादेखि नवमीसम्म मासुका लागि कूल ५४ हजार पशु काठमाडौँ भित्रिएका थिए।
विभागले स्वस्थ्यकर र फुर्तिलो खसी, बोका, राँगा छनोट गर्न र मासु उत्पादन र बिक्री वितरण गर्दा सरसफाइमा ध्यान दिन पनि आग्रह गरेको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam