नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ को प्रदर्शन मिति तोकियो
काठमाडौँ : विश्वप्रशिद्ध टोरन्टो अन्तरराष्ट्रिय फिल्म महोत्सवको ४८औँ संस्करणमा छनोट भएर पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको नेपाली फिल्म ‘गाउँ आएको बाटो’को नेपालमा प्रदर्शन समय तय गरिएको छ।
उक्त फिल्म नेपालमा २०८१ जेठ १८ गते सिनेमा हलहरुमा प्रदर्शन गरिने निर्माण पक्षले घोषणा गरेको छ।
दक्षिण कोरियाको बुसान अन्तरराष्ट्रिय फिल्म महोत्सव, भारतको मुम्बई फिल्म महोत्सवलगायतमा समेत प्रदर्शनी गरिएको ‘गाउँ आएको बाटो’को नवीन सुब्बाले निर्देशन गरेका हुन्।
राई जातिको सामाजिक पृष्ठभूमिमा तयार पारिएको सो फिल्ममा गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको निर्देशक सुब्बाले जानकारी दिए।
सुब्बाले निर्देशन शुरुआत गरेको पहिलो फिल्म ‘खाङ्ग्री’ पनि अन्तरराष्ट्रिय बजारमा पुगेको थियो। यसअघि उनले निर्देशन ‘नुमाफुङ’ फुकुओका, गोटेवर्ग, सनफ्रान्सिस्कोलगायत फिल्म अन्तरराष्ट्रिय फिल्म महोत्सवमा छनोट भएका थिए।
‘गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गरेका छन्। महेश राई र निर्देशक सुब्बाले लेखेको सो फिल्मको छायाङ्कन जोस हेरम, सम्पादन क्वान पुन लिउङले र हेडी लीले सङ्गीत भरेका छन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam