झापामा हात्ती मृत फेला
२८ मंसिर, झापा : झापामा जंगली हात्ती मृत फेला परेको छ।
बाह्रदशी गाउँपालिका–१ खयरबारी क्षेत्रमा हात्ती मृत फेला परेको जिल्ला वन कार्यालय झापाले जनाएको छ। स्थानीयको सखरखण्ड खाएर क्षति पुर्याएका कारण स्थानीयले थालेको विद्युतीय पासोमा हात्ती परेको अनुमान प्रहरीको छ।
प्रहरी र डिभिजन वन कार्यालयको टोली हात्तीको मुचुल्काका लागि घटनास्थल पुगेको छ। यो वर्ष झापामा तीन वटा हात्तीको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट गत मंसिर १५ मा हल्दिबारी–३ का वन हेरालु ४० वर्षीय धनबहादुर वनको मृत्यु भएको थियो।
उनको मृत्युसँगै झापामा हात्ती आक्रमणबाट यो वर्ष ६ जनाको ज्यान गइसकेको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam