कपिलवस्तुको सगरहवामा राष्ट्रिय मूर्तिकला कार्यशाला


शिवराज अनलाइन
कृष्णनगर, २२ पुष ।
कपिलवस्तुको सगरहवामा राष्ट्रिय मूर्तिकला कार्यशाला सुरु हुने भएको छ । लुम्बिनी विकास कोषले पत्रकार सम्मेलनमार्फत भोलि (सोमबार) देखि कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला सुरु हुने जानकारी दिएको हो । जिल्लाको कपिलवस्तु नगरपालिकाको वडा नम्बर ९ सगरहवामा राष्ट्रिय मूर्तिकला कार्य सुरु हुन लागेको हो ।

लुम्बिनी विकास कोसका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले सगरहवाको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वलाई उजागर गर्ने बताउँदै यस क्षेत्रको संरक्षण र पर्यटकीय विकास गर्ने उद्धेश्यले राष्ट्रिय मूर्तिकला कार्यशाला गर्न लागेको बताएका छन् । उनले सुरु गरिएको कार्यशाला २३ देखि माघ ८ गतेस हुने १५ दिनसम्म चल्ने जानकारी दिए । दबिएको सगरहवाको इतिहासलाई उजागर गरि पर्यटन प्रवद्र्धनमा जोड दिएको उनको भनाई छ । लुम्बिनी र कपिलवस्तुको तिलौराकोट नजिकै भए पनि प्रचारमा आउन नसकेको भन्दै लुम्बिनी विकास कोषले सगरहवामा राष्ट्रिय मूर्तिकला कार्यशाला गर्न लागिएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले पर्यटकीय प्रचुर सम्भावना बोकेको लुम्बिनी, तिलौराकोट, कुदान, सगरहवा लगायत क्षेत्रको प्रवद्र्धन र विकासमा जोड दिन आवश्यक रहेको बताएका छन् । उनले पुरातत्व विभागले बुद्धकालिन ऐतिहासिक सम्पदाहरुको व्यवस्थित गर्दै विकासको कार्यमा अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले स्थानीयले सगरहवाको संरक्षणमा सहयोग नगरेको भए अहिले सगरहवा भरि मानव बसिसकेको बताउँदै अब सगरहवामा विभिन्न पार्कहरु निर्माण गरि पर्यटन र संरक्षणमा लागेको बताए ।

त्यस्तै लुम्बिनी विकास कोसका सदस्य सचिव सानु राजा शाक्यले लुम्बिनी विकास कोषले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्ने प्रक्रिया करिब अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले तीनै तहका सरकारले लुम्बिनी, तिलौराकोट, सगरहवा, कुदान लगायत बौद्धकालिन सम्पदासँग जोडिएका क्षेत्रको विकासका लागि आवश्यक पहल गर्नुपर्ने बताए ।

त्यस्तै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मुर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले निर्माण हुने मुर्तिले ऐतिहासिक सम्पदाको अध्ययनको लागि प्रमुख गन्तव्य बन्ने बताए । लुम्बिनी विकास कोषको मुख्य आयोजना र कपिलवस्तु नगरपालिका लगायत विभिन्न संघसंस्थाहरुको सहकार्यमा मूर्तिकला कार्यशाला हुन लागेको आयोजकले जनाएको छ ।

TOP