मंगोलियामा अत्यधिक चिसोले पाँच लाखभन्दा बढी पशुचौपाया मरे
एजेन्सी
अत्यधिक चिसोका कारण मंगोलियामा ५ लाखभन्दा बढी पशुचौपाया मरेका छन् । आधा लाख भन्दा बढी पशुधन मरेपछि मङ्गोलियाले विपद् पूर्वतयारीलाई उच्च सतर्कतामा राखेको छ ।
मंगोोलियाका प्रधानमन्त्री लुभ्सन्नम्सराई ओयुन–एर्डेनले पशुपालन क्षेत्रमा परेका कठिनाइहरू हटाउन र गोठालाहरूलाई चौतर्फी सहयोग प्रदान गर्न सबै सम्भावित उपाय अपानाउन निर्देशन दिए । बुधवारसम्म कुल ५ लाख ८ हजार ३९ पशुधनको मृत्यु भएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयकाअनुसार २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको संख्या ६४.७ मिलियन थियो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam