कृष्णनगरको अस्थायी बस पार्क पुरानो नगरपालिका प्राङ्गणमा
कृष्णनगर, ११ फागुन ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले अस्थायी बस पार्क व्यवस्थापन गरेको छ । नगरपाललिकाको वडा नम्बर २ मा पुरानो नगरपालिका रहेको प्राङ्गणमा अस्थायी बस पार्क व्यवस्थापन गरेको जनाइएको छ । नगर कार्यपालिकाकोे बैठकले अस्थायी बस पार्क व्यवस्थापनका लागि पुरानो नगरपालिकाको प्राङ्गणमा सवारी साधन पार्किङ्ग गर्ने निर्णय गरेको बस व्यवस्थापन समितिका संयोजक नूर मोहम्मद मुसलमानले जानकारी दिए ।
कृष्णनगरको मुख्य औद्योगिक तथा व्यापारिक क्षेत्रमा लामो समयदेखि बस पार्कको समस्यालाई मध्यनजर गर्दै तत्कालका लागि नगरपालिकाले अस्थायी रुपमा पुरानो नगरपालिका रहेको ठाउँमा बस पार्किङ्गको व्यवस्थापन गरिएको उनले बताए । शुक्रबार नगर प्रमुख रजत प्रताप शाह, २ का वडा अध्यक्ष कृष्ण कुमार गुप्ता साहिद खाँ लगायतले अस्थायी बस पार्कको अनुगमन समेत गरेका छन् । नगरपालिकाले सबै सवारी साधन व्यवस्थापनलाई जोड दिएको छ ।
वडा नम्बर ८ का वडा अध्यक्ष समेत रहेका नूर मोहम्मद मुसलमानले सडकमै जथाभावी रुपमा पार्किङ्गको समस्यालाई तत्काल व्यवस्थापन गर्न नगरपालिकाले सवारी साधनलाई अस्थायी बस पार्क व्यवस्थापन गरेको बताए । कृष्णनगर भन्सार नाका र मुख्य बजार क्षेत्र भएकाले अव्यवस्थित सवारी साधनलाई पार्किङ्गको व्यवस्थापन अस्थायी रुपमा गरिएको नगरपालिकाले जनाएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam