प्रारम्भिक निर्वाचनमा निक्की हेलीको पहिलो जित
एजेन्सी
अमेरिकाको राष्ट्रपति पदकी उम्मेदवार निक्की हेलीले प्रारम्भिक निर्वाचनमा पहिलो जित हासिल गरेकी छिन्।
रिपब्लिकन पार्टीबाटै राष्ट्रपति चुनावको दौडमा रहेकी हेलीले कोलम्बियाको ‘प्राइमरी इलेक्सन’ मा जीत हात पारेकी हुन्।
हलीको यो जितले पूर्वराष्ट्रपति नाल्ड ट्रम्पको जितको सिलसिला रोकिदिएको छ। हेलीले यसअघि भएका केही प्राइमरी इलेक्सनमा पराजय भोगेकी थिइन्। उनी गत साता गृह राज्य साउथ क्यारोलिनामा पनि पराजित भएकी थिइन्।
उनले मतदाताले आफ्नै पार्टीका ट्रम्पको विकल्प खोज्नुपर्ने बताउँदै आएकी छिन्। हालसम्मको चुनावी अभियानमा ट्रम्प हावी हुँदै आएका छन्।
अमेरिकामा राष्ट्रपतिको निर्वाचन आगामी नोभेम्बरमा हुनेछ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam