प्रधानमन्त्रीले गठबन्धन फेरेर अहिले बनाएको टिम ठिक छ : सुदन


काठमाडौं : पूर्वमन्त्री सुदन किरातीले गठबन्धन परिवर्तन हुनु स्वाभाविक रहेको बताएका छन्। शुक्रबारदेखि सुरु भएको चौथो किरात राई प्रागिक संघगोष्ठी २०८० को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले पछिल्लो समयको राजनीतिक परिस्थतिका कारण पनि गठबन्धन भत्काउनुपरेको बताए। ‘प्रधानमन्त्रीज्यूलाई काम गर्नमा धेरै असहजता हुँदै गएको थियो,त्यसैले गठबन्धन परिवर्तन हुनु स्वाभाविक हो,प्रधानमन्त्रीको बनाएको टिम ठिक छ,’उनले भने।

उनले सरकारमा रहँदा जनताको अपेक्षाअनुसार धेरै काम गरेको पनि दाबी गरे। ‘म विवादित भएको होइन,विवादित बनाइएको हो,४१३ दिन सरकारमा बसे,अनुभव ठूलो छ,यो ४१३ दिन राज्यका लागि केही होइन,तर व्यक्तिगत जीवनको लागि ठूलो उपलब्धि हो,’उनले भने।

TOP