संखुवासभामा महिला हत्या आरोपी पक्राउ
संखुवासभा : महिलाको हत्या गरेको आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ।
सिलिचोङ गाउँपालिका घरभई हाल खाँदबारी नगरपालिका-७ स्थित आर्मी क्याम्प नजिकै डेरा गरी बस्ने २६ वर्षीया विना राईको हत्या आरोपमा खाँदबारी-११ हरेलोका ३१ वर्षीय मङ्सिरे शेर्पा पक्राउ परेका हुन्।
शेर्पाले मादक पदार्थ सेवन गरी कुटपिट गरेर राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जगेबुले बताए ।
प्रहरीका अनुसार शेर्पा खाँदबारी नगरपालिका-७ स्थित आर्मी क्याम्प नजिकै विनासँग ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए । गत फागुन १८ गते राति विनाको हत्या गरेर फरार भएका शेर्पालाई प्रहरीले २४ गते राति खाँदबारी-७ स्थित वेलफर डाँडाबाट पक्राउ गरेको हो। प्रहरीलेपत्रकार सम्मेलन गरी शेर्पालाई आइतबार सार्वजनिक गरेको हो।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam