बबईमा डुबेर २ जनाको मृत्यु
सल्यान : सल्यानको कालिमाटी गाउँपालिका ७ सल्यान थरीस्थित बबई नदीमा पौडी खेल्न क्रममा डुबेर २ जनाको ज्यान गएको छ।
शनिबार कालिमाटी गाउँपालिका– ७ सल्यानथरीका ३७ वर्षीय दिलबहादुर कार्की र सोहि गाउँका प्रकाश परियारको छोरा अन्दाजी ५ वर्षीय सुवास परियारको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए।
उनिहरु दिउँसो ४ बजे आ–आफ्नो घरबाट नुहाउन गएकोमा अबेरसम्म घरमा नफर्केपछि स्थानियहरुले प्रहरी चौकी घुईयावारी सल्यानमा खबर गरेका थिए। त्यसपछि प्रहरी र स्थानियहरुले खोजतलास गर्दै दुवैको शव राति साढे ११ बजे फेला पारेका थिए।
उनीहरुको शव भेरी अस्पताल नेपालगञ्जको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam