आइतबार उपत्यकामा सार्वजनिक बिदा

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो।


काठमाडौं : सरकारले आगामी आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।

वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जावलाखेल पुर्‍याएसँगै आइतबार भोटो जात्रा हुन लागेको हो।

वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइतअनुसार लगनखेलको ठटी टोलमा रोकिएको रथलाई बिहीबार जावलाखेल पुर्याइएको हो । रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्याएको चार दिनमा भोटो देखाइन्छ।

हरेक वर्ष राष्ट्रप्रमुखको हातबाट भोटो देखाउने प्रचलन रही आएको छ।

TOP