जाजरकोटको भ्यारेमा जिप दुर्घटना : १७ घाइते, तीनजना सिकिस्त
सुर्खेत : जाजरकोट सदरमुकामबाट भेरी नगरपालिका–६ भ्यारे जान लागेको ग १ ज ७७११ नम्वरको बोलेरो जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जना सिकिस्त रहेको प्रहरीले जनाएको छ।
नगरपालिकाको वडा नम्बर ६ को गंज जङ्गलमा दुर्घटना भएको जाजरकोटका प्रहरी प्रमुखसमेत रहेका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताए।
बोलेरो जिप दुर्घटना भएलगत्तै उद्धारका लागि घटनास्थलतर्फ प्रहरी गएको उनले बताए।
घाइते १४ जनालाई जिल्ला अस्पताल जाजरकोटमा लगिएको उनले बताए।
गुल्मी : गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ।
जिल्लाको मुसिकोट नगरपालिका- १ बिसौनाका विष्णु विक र हुकुम विकको घरमाथिबाट लेदोसहितको पहिरोले घर पुरिँदा अन्दाजी ४६ वर्षीय गोरे विक,६७ वर्षीय हुकुम विक, ६६ वर्षीय मसुरी विक र साढे दुइ वर्षकी रियन्सी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए।
पहिरोले पुरिँदा दुईजना घाइते भएका छन्। घाइते हुनेहरूमा ३१ वर्षीय विष्णु र उनकी श्रीमती वर्ष २३ की मुना विक रहेका छन्। उनीहरूको शरीरका विभिन्न स्थानहरूमा चोट लागेको केसीले बताए। घटनाको बारेमा बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam