हमासले यह्या सिनवरलाई बनायो नेता
एजेन्सी
प्यालेष्टिनी लडाकु समूह हमासले यह्या सिनवरलाई आफ्नो नयाँ नेता चयन गरेको छ। कतारको दोहामा दुई दिन चलेको हमासको बैठकपछि नयाँ नेता छनोट गरिएको जनाइएको छ।
यसअघिका नेता इस्माइल हानियाको हत्या भएपछि संगठनले नयाँ नेता चयन गरेको हो। ६१ वर्षीय सिनवर हमासको बैठकमा एकमतले नेता चयन भएको बताइएको छ।
सिनवरलाई संगठनको सबै मामिलाको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । उनी २०१७ देखि गाजा क्षेत्रको हमासको नेताचयन भएका थिए। अब उनी यसको राजनीतिक विङको समेत नेता भएका छन्।
अघिल्लो बुधबार इरानमा हानियाको हत्या भएको थियो।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam