सुशासन रोकेर आफू र आफ्नालाई जोगाउन यो सरकार बनेको प्रमाणित : प्रचण्ड


काठमाडाैँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो सरकार सुशासनको वेगलाई रोक्न बनेको प्रमाणित भएको बताएका छन्। मंगलबार संसद्‌मा सम्बोधन गर्दै उनले आफू र आफ्नालाई जोगाउन सरकार बनेको हो भन्ने आफ्नो दाबी अहिले प्रमाणित भएको बताएका हुन्।

‘मैले पहिला नै चुनौतीका साथ भनेको थिएँ- सरकारको पछाडि माफिया र बिचौलिया छ। त्यही माफियाको सेवामा सरकारको प्रतिष्ठा समाप्त हुनेछ। तैपनि सरकारले केही दिन त लाज लाग्ला भनेका थिएँ’, उनले भने, ‘तर आज सरकार यति हतारमा देखियो कि बिरालो म्याउँ भन्न एक हप्ता पनि लागेन, लोडसेडिङका वेला डेडिकेटेड र ट्रंकलाइन विद्युत्‌को शुल्क विवादमा प्रधानमन्त्री रोष्ट्रममा जसरी जसको पक्षमा कडा रूपमा उभिनुभयो त्यसले सिंगो देश स्तब्ध भयो।’

प्रचण्डले थपे, ‘मैले पहिल्यै भनेको थिएँ । यो सरकार सुशासनको वेगलाई रोक्न, आफू र आफ्नालाई जोगिन र जोगाउन बनेको हो। तैपनि लागेका थियो कम्तिमा भुटानी शरणार्थी प्रकरणमा केही दिन सरकारले अनुसन्धान भइरहेको भान देला। जनतासँग अलिकति त डराउला! तर सकारले सात दिन पनि पर्खेन‚ भुटानी शरणार्थी काण्डको राजनीतिक कडीमा प्रवेश गरेका प्रहरीका विशेष ब्यूरोको सरुवा गर्‍यो। त्यो पनि विमान दुर्घटनाले जनतााको ध्यान तानेको दिन पारेर।’

TOP