करेन्ट लगाएर मारिएको अवस्थामा जंगली हात्ती फेला
बारा : बाराको कोल्हबी नगरपालिकावडा–२ मा जंगली हात्तीलाई बिजुलीको करेन्टबाट मारिएको अवस्थामा फेला परेको छ।
करिब १५ वर्षको जंगली हात्ती मृत अवस्थामा फेला परेको कोल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले बताए।
हात्तीको घाटीमा करेन्टको तार बेरिएको अवस्थामा छ। स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मरेको अवस्थामा फेला परेको हो।
२०८० फागुनमा सोही स्थानमा करिब तीन वर्षको पोथी बाघ समेत मृत अवस्थामा फेला परेको थियो।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam