उपनिर्वाचनका लागि आजदेखि दल दर्ता
काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।
आयोगले आजदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो।
निर्वाचन आयोगले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐनको दफा ४ अनुसार दल दर्ता आह्वान गरेको हो । स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदैछ।
त्यसका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने आयोगको कार्यसूची छ। स्थानीय तहमा ४१ पद रिक्त छन्। दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ अनुसारको ढाँचाको निवेदन दिनुपर्ने आयोगले जनाएको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam