२ हजार ५५५ बाढीपहिरो पीडितलाई ४ करोड ५० लाख दिइसक्यौँ : प्रम ओली
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोबाट प्रभावित २ हजार ५ सय ५५ परिवारलाई ४ करोड ५० लाख रुपैयाँ तत्काल राहत प्रदान गरिएको बताएका छन्।
सरकारको सय दिन पुगेको अवसरमा आज सिंहदरबाबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संकटग्रस्त क्षेत्रका ७१ वटा स्थानीय तहमा ४३ करोड रुपैयाँ विनियोजन गरिएको पनि जानकारी दिए।
‘प्रारम्भिक क्षतिको आँकलन गरी अस्थायी बासस्थानको प्रबन्ध गर्ने कामलाई प्राथमिकतामा राख्यौँ, हामी अहिले बाढी पहिरोले क्षति पुर्याएका भौतिक संरचनाहरूको निर्माणका कार्ययोजनासहित काम गरिरहेका छौँ, ’उनले भने।
उनले संकटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्लाको खानेपानी, विद्युत, सडक, सञ्चार लगायतका अत्यावश्यक सेवा पन्ध्र दिनभित्र सञ्चालनमा ल्याउन जिल्ला विपद् व्यवस्थापन कोषमार्फत रकम उपलब्ध गराइसकिएको पनि बताए।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam