त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष चैतन्य शर्माको निधन

काठमाडौं : शिक्षा विद एवं त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष चैतन्य शर्माको ७३ वर्षको उमेरमा निधन भएको छ।

उच्च माध्यमिक विद्यालय शिक्षा परिषदका पूर्व उपाध्यक्ष, नेपाल प्रगतिशील प्राध्यापक संगठनका संस्थापक महासचिव, मदनभण्डारी मेमोरियल कलेजका पूर्व क्याम्पस प्रमुख शर्माको बिहीबार अपरान्ह ओम हस्पिटल चाबहिलमा उपचारका क्रममा
निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनका छोरा विदेशमा रहेकोले शर्माको भोलि बिहान अन्त्येष्टि गरिने छ।

TOP