एमालेका महासचिव पोखरेललाई भ्रातृशोक
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेललाई भ्रातृशोक परेको छ। शंकरका दाजु देवी पोखरेलको ७४ वर्षको उमेरमा शुक्रबार राति दाङमा निधन भएको हो।
उनी लामो समयदेखि मिर्गौलाको समस्याले पीडित रहेको परिवारले जानकारी दिएको छ। नेकपा एमालेका केन्द्रीय सल्लाहकार रहेका स्व. पोखरेल विभिन्न सामाजिक संघसंस्थामा आबद्ध थिए।
उनका श्रीमती, दुई छोरा र एक छोरी छन्। उनको अन्त्येष्टि शनिबार दिउँसो गरिने परिवारले जनाएको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam