शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सहकार्य गरौँ : प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै समृद्ध मुलुक निर्माणका लागि सहकार्य र एकताकासाथ अघि बढ्न अपिल गरेका छन्।
विस्तृत शान्ति सम्झौता भएको दिनको स्मरणमा भिडियो सन्देश जारी गर्दै प्रचण्डले सबै दललाई सहकार्य र एकताकासाथ अघि बढ्न सबैमा अपील गरेका हुन्। विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको ऐतिहासिक दिनको स्मरण गर्दै प्रचण्डले दिवङ्गत नेता गिरिजाप्रसाद कोइरालासहित यो प्रक्रियामा सहकार्य गर्ने सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
यो सम्झौता नै नेपालमा संविधानसभा, संघिय लोकतान्त्रिक गणतन्त्र, समावेसी लोकतन्त्रको आधार शिला भएको प्रचण्डको भनाइ छ। यहीँबाट नयाँ युगको सूत्रपात भएको भन्दै प्रचण्डले यो दिनलाई सबैले स्मरण र सम्मान गर्नुपर्ने बताए।
शान्ति प्रकृया टुंगोमा पुर्याउने काम निश्कर्षतिर पुगेको भन्दै उनले जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धा व्यक्त गरे।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam