काठमाडौंले पायो ११८ रनको लक्ष्य, एरासमसले लिए तीन विकेट
काठमाडौं : नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले काठमाडौं गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले एक बल बाँकी छँदै सबै विकेट गुमाएर ११७ रन बनायो।
विराटनगरका लागि राजेश पुलामी मगर २५, दिपक बोहरा २० , स्कट एडवार्ड १५,, बसिर अहमद १३, निकोलश किर्तन १२, लोकेश बम ९, सुवास भण्डारी ६, इस्मत आलम ५, क्रिश सोल एक, सन्दीप लामिछाने शून्यमा आउट भए।
जेरार्ड एरासम तीन, दिपेश कंडेल दुई , डन डौथवेथ, कप्तान करण केसी, साहव आलमले एकएक विकेट लिए।
जारी एनपीएलमा काठमाडौंले ६ खेलमा ३ जित र ३ हारसहित ६ अंक जोडेको छ काठमाडौं तालिकाको पाँचौं स्थानमा छ। समान खेलमा ४ अंक जोडेको विराटनगर छैटौं स्थानमा छ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam