वर्षाका कारण कोलकाता र पञ्जाबको खेल रद्ध
काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्स र पञ्जाव किङ्सबीचको खेल वर्षाका कारण नतिजाविहिन बनेको छ।
इडेन गार्डेन्समा पञ्जावले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याएको कोलकाता एक ओभरमा कुनै पनि विकेट नगुमाइ सात रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो। त्यसपछि खेल हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका छन्।
यो नतिजासँगै ९ खेलमा ११ अंक जोडेको पञ्जाव चौथो स्थानमा छ। कोलकाता समान खेलबाट सात अंकका साथ सातौं स्थानमा छ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको पञ्जावले चार विकेट गुमाउँदै २०१ रनको योगफल तयार पारेको थियो।
पञ्जावका लागि प्रभसिम्रन सिंहले ४९ बलमा समान ६ चौका र छक्काको मद्दतले सर्वाधिक ८३ रनको योगदान गरे।
यसैगरी प्रियान्श आर्याले ३५ बलमा आठ चौका र चार छक्कासहित ६९, कप्तान श्रेयश अय्यरले अविजित २५ र जोस इङ्लिसले विजित ११ रन बनाए।
पहिलो विकेटका लागि प्रभसिम्रन र प्रियान्शले १२० रनको साझेदारी गरेका थिए। कोलकाताका लागि वैभव अरोराले दुई तथा वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान एक विकेट लिए।
प्रतियोगिता अन्तरगत आज दुई खेल हुनेछन्। पहिलो खेलमा मुम्बई इन्डियन्स र लखनउ सुपरजायन्ट भिड्ने छन्। दोस्रो खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलुरु आमनेसामने हुनेछन्। थाहा खबर
जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह
२०८३ कार्तिक १२, बिहीबार ४:४७ गते
काठमाण्डौ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन आग्रह गरेको छ । बालबालिका, गर्भवती तथा सुत्केरी,…



ghanashyam