जलन र मुटुको उपचारको विस्तार गरिने

काठमाडौँ : सरकारले जलनको उपचार सेवा र मुटुरोगसम्बन्धी उपचार सेवा विस्तार गरिने बताएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका कार्यक्रममा जलनको उपचार सेवा र मुटुरोगसम्बन्धी उपचार सेवा विस्तार गरिने बताएका हुन्।

सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अहिले राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहेका छन्। थाहा खबर

TOP