कृष्णनगरका युवा व्यवसायी अरविन्द कंछलले घरभाडा नलिने
कृष्णनगर, असार २४ ।
व्यापारीहरुको समस्या बुझदै कृष्णनगरमा एक जना व्यवसायीले घरभाडा नलिने जनाएका छन ।
उद्योग वाणिज्य संघ कृष्णनगरका कायर्समिति सदस्य समेत रहेका स्थानिय व्यवसायी अरविन्द कंछलले घर भाडा नलिने बताएका छन ।
व्यवसायी कंछलले कोरोना संक्रमणका कारण आफ्नो घरमा रहेका दस वटा पसलेहरुसंग एक महिनाको भाडा नलिने र साउन महिनादेखि लकडाउन अवधिसम्म प्रत्येक सटरमा दस प्रतिशत छुट दिने जानकारी गराएका छन । उनीले व्यवासायीहरुमा लकडाउनका कारण आर्थिकरुपले समस्या भएकोे हुनाले घर भाडा छुट गर्न सबैलाई आग्रह समेत गरेका छन ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


